हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
रासस

ढोरपाटन– वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। 

बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रमा भारी हिमपात हुँदा सडक अवरुद्ध भएको हो। लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन्।

लामो तथा छोटो दूरीका सावारीसाधन सञ्चालन ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले बताए। निरन्तर हिमपात भइरहेकाले तत्काल  सडक सञ्चालन हुने सम्भावना न्यून रहेको उनको भनाइ छ। 

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।