अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाहरूमा पठाउने कार्य भइरहेको छ।
काठमाडाैँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइनभ्याई छ।

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाहरूमा पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने आयोगले जनाएको छ।

यस्तै, समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ। त्यसलाई मिलाउने र जिल्लामा पठाउनका लागि पनि काम भइरहेको छ। प्रत्यक्ष्यतर्फको लागि मतपत्र छापिने क्रममै छ। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट गरिएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै पुनः प्रयोगमा ल्याइएको समेत उनले जानकारी दिए।





तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
