६ महिनामा मात्र मधेशमा २ हजार ५७२ जना सम्पर्कविहीन

मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जनकपुर– मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्यांकले मधेशका जिल्लाहरूमा हराउने व्यक्तिहरूको संख्या भयावह रहेको देखाएको छ।

प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम ६ महिनामा मात्र मधेशमा दुई हजार ५७२ जना हराएका छन्। जसमध्ये पुस महिनामा एक हजार ४४८ जना हराएका हुन्।

यसरी हराएकाहरूमध्ये त्यही अवधिमा एक हजार ५०१ जना फेला परेका छन् भने अन्य अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन्। आफ्नो परिवारको सदस्य हराएको भन्दै खोजीका लागि दिएको निवेदनका आधारमा प्रहरीले यो तथ्यांक सार्वजनिक गरेको हो।