काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र. ०२-०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १८ वर्षीय राहुल श्रेष्ठको मृत्यु भएको छ। धादिङ घर भई तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने श्रेष्ठको गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचारका क्रममा आज मृत्यु भएको हो।
त्यसैगरी, काठमाडौँ–४ सुकेधारा चोकमा प्र. २-०३-००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ। सङ्खुवासभा घर भई काभ्रेस्थली बस्ने योञ्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, गोकर्णेश्वर नगरपालिका–८ जनसाहरा चोकमा बा. ७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको छ। नुवाकोट घर भई टोखा बस्ने तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
