मन्त्रिपरिषद्ले फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन स्केल बढाउने, राष्ट्रपतिको जापान भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ।
काठमाडौँ– सरकारले नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुने गरी रासन दर बढाउने निर्णय भएको जानकारी दिए।
प्रवक्ता अर्यालका अनुसार बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनी सहभागी हुन लागेका हुन्। राष्ट्रपति पौडेल आगामी माघ १८ देखि २१ गतेसम्म जापान प्रस्थान गर्ने कार्यतालिका तय भएको छ।
यस्तै, बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
