२०७५ पुसभित्र बनिसक्नुपर्ने जनकपुर–सिरहा खण्डको हुलाकी सडक आठ पटक म्याद थपिँदा पनि अझै पूरा हुन सकेको छैन, जसका कारण स्थानीय बासिन्दा धुलाम्मे सडकमा सकसपूर्ण यात्रा गर्न बाध्य छन्।
सिरहा– आठौँ पटक म्याद थप्दा समेत धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया–सघारा–कमालपुर–पूर्व महावीर चोक (सिरहा खण्ड) को हुलाकी सडक स्तरोन्नतिको काम अझै पूरा भएको छैन।
भ्याटसहित १९ करोड १४ लाख ३७ हजार १६७ रुपैयाँ लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पाएको धुकुछु कन्स्ट्रक्सन प्रालि, बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत मात्र काम सकेको छ। यस आयोजनाको वित्तीय प्रगति ६३.२५ प्रतिशत छ। ठेक्काको भेरिएसन भएपछि कुल लागत २१ करोड ९३ लाख ६२ हजार १८९ रुपैयाँ पुगेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर कुमार रायले बताए।
जनकपुर–कदम चोक–कप्टोल–तीनकोरिया–सघारा–कमला पुल खण्डको स्तरोन्नतिका लागि ठेक्का भए पनि केही भागको निर्माण पहिले नै भइसकेको थियो। त्यसैले, ठेक्काअनुसार बाँकी रहेको कमला पुलदेखि पूर्व सिरहा बजारको महावीर चोकसम्मको डेढ किलोमिटर सडक बनाउने जिम्मेवारी दिइएको हुलाकी राजमार्ग निर्देशनालयका इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए।
वि.सं. २०७४ असारमा सम्झौता भएको उक्त सडक २०७५ पुससम्ममा निर्माण भइसक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले आठ पटक म्याद थप गरी हालसम्म काम गरिरहेको छ। थपिएको पछिल्लो म्याद आउँदो चैतमा सकिने कार्यालयले जनाएको छ।
सिरहा बजारको महावीर चोकदेखि पूर्व भगवानपुर बलान पुलसम्मको सडक कालोपत्र भई सञ्चालनमा रहे पनि महावीर चोकदेखि पश्चिम बसबिट्टा कमला बाँधसम्मको डेढ किलोमिटर सडक नबन्दा स्थानीय धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन्।
निर्माण कम्पनीका प्रतिनिधि जयमोद झाले यसै हप्ताको मंगलबारदेखि बजार खण्डमा काम शुरू भएको जानकारी दिए। उनले भने, “हामी मेसिनसहित पुगिसकेका छौँ, चैतभित्रै सक्ने गरी काम भइरहेको छ। धुलो नियन्त्रणका लागि भोलिदेखि नियमित रूपमा पानी छर्किने काम हुनेछ।”
समयमै सडक कालोपत्र नहुँदा धुलोका कारण घर तथा पसलमा बस्न सास्ती भएको स्थानीय राजीव यादवले गुनासो गरे। उनले भने, “हुलाकी सडकको धुलो खाएको लामो समय भयो, दैनिक धुलाम्मे सडकमा पानी समेत नहाल्दा निकै समस्या भइरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
