पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार आए पनि बिहान र बेलुका चिसो कायम रहने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
काठमाडौँ– मंगलबार र बुधबार सक्रिय भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण प्रभावित भएको जनजीवन शुक्रबारदेखि सामान्य बन्दै गएको छ। देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि ठाउँ–ठाउँमा यातायात आवागमन तथा दैनिक क्रियाकलाप प्रभावित भएको थियो।
हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ जम्दा अवरुद्ध भएका राजमार्गहरू शुक्रबार साँझसम्म हिउँ पन्छाएर सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरीले आज अपराह्न मुस्ताङ जाने बाटोमा थुप्रिएको हिउँ पन्छाएको छ भने सुरक्षा निकायको सक्रियतामा अन्य क्षेत्रका अवरुद्ध सडकहरू पनि खुलेका छन्। बिहीबार अपराह्नदेखि मौसममा सुधार आई शुक्रबार बिहानैदेखि घाम लागेपछि जनजीवन सहज बनेको हो।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मौसमी प्रणाली बाहिरिएर घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो अझै कायम रहनेछ। उनले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहे पनि आइतबारसम्म मंगलबार र बुधबारको जस्तो शक्तिशाली प्रणाली नरहने पौडेलले जानकारी दिए।
पछिल्लो मौसमी प्रणालीका कारण काठमाडौँ उपत्यकासहित कोशी र मधेश प्रदेशबाहेकका धेरै क्षेत्रमा वर्षा र हिमपात भएको थियो। यस पटक सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटर मापन गरिएको छ।
शुक्रबार साँझको मौसम बुलेटिनअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री, जोमसोमको शून्य डिग्री र दोलखाको जिरीको माइनस ०.८ डिग्री सेल्सियस रहेको छ। यस्तै, काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९ र दिपायलमा ५.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम रेकर्ड गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
