रुबाया क्षेत्रका फरकफरक कोल्टान खानीमा एकपछि अर्को गर्दै सुरुङ भत्किएका थिए। दुर्घटनामा परेकामध्ये अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुर रहेका छन्।
अफ्रिकी देश कंगोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीमा भएको दुर्घटनामा कम्तीमा २०० जना मजदुरको मृत्यु गएको छ। मार्च–२३ आन्दोलन (एम–२३) नामक विद्रोही समूहका प्रवक्ताले उक्त घटनाको पुष्टि गरेका छन्।
खानीको सुरुङ अचानक भत्किँदा अधिकांश मजदुर खानीभित्र माटोमा पुरिएका थिए। मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन्। दुर्घटनामा परेकामध्ये अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुर रहेका छन्।
बुधबार र बिहीबार रुबाया क्षेत्रका फरकफरक कोल्टान खानीमा एकपछि अर्को गर्दै सुरुङ भत्किएका थिए। रुबाया क्षेत्र सन् २०२४ अप्रिलदेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको बताइएको छ, जसका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ उत्पन्न भएको छ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार रुबाया क्षेत्रका खानीले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन्। स्थानीय र मानव अधिकार समूहले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। (रासस/सिन्ह्वा)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
