भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको कागबेनी–कोरला सडक खण्डअन्तर्गत शनिबारसम्म लोमान्थाङसम्मको बाटो सञ्चालनमा ल्याइएको छ भने कोरला नाकातर्फको हिउँ पन्छाउने काम जारी रहेको छ।
मुस्ताङ– हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकको बाक्लो हिउँ पन्छाउन शुरू गरिएको छ। शुक्रबारदेखि कोरला नाका जोड्ने सडकको हिउँ हटाउन शुरू गरिएकोमा शनिबार बिहानसम्म लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाका उपकरण प्रयोग गरी छुसाङदेखि लोमान्थाङसम्मको सडक सफा गरिएको हो।
लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर खण्डमा जमेको हिउँ पन्छाउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार करिडोर सडकका उपकरणसहित सशस्त्र प्रहरीको टोली हिउँ पन्छाउन जुटेको छ।
यसअघि मंगलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो। जसका कारण जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो। सडक बन्द हुँदा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, पर्यटक, व्यापारी र निर्वाचनका लागि मतदानस्थलको अनुगमनमा खटेका टोलीलाई कठिनाइ भइरहेको छ।
शुक्रबारदेखि कोरला सडक आयोजनाका उपकरणले छुसाङदेखि माथिल्लो क्षेत्रसम्मको हिउँ पन्छाउन थालेका हुन्। यसैगरी, लोमान्थाङ गाउँपालिकाको डोजरले लोमान्थाङभन्दा तल्लो क्षेत्रमा जमेको हिउँ पन्छाएको थियो। यसको सम्पूर्ण खर्च व्यवस्थापन सडक आयोजनाले गर्ने जनाइएको छ।
हिमपातले अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन दुई वटा डोजर एकैसाथ परिचालन गरी लोमान्थाङसम्मको यातायात सुचारु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए। उनका अनुसार लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउने काम पनि शनिबारदेखि नै सुरु गरिएको छ। सडक खुल्न थालेसँगै माथिल्लो मुस्ताङको जनजीवन सामान्य बन्दै गएको छ।
यसअघि स्थानीय प्रशासन र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालनमा ल्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
