सिन्धुली प्रहरीले भिमान चेकपोस्टमा नियमित जाँचका क्रममा ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।
सिन्धुली– सिन्धुली प्रहरीले भिमान चेकपोस्टमा नियमित जाँचका क्रममा ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार राति इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको संयुक्त टोलीले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको इभी हाइस भ्यानलाई खानतलासी गर्दा लागुऔषध बरामद भएको हो। जाँचका क्रममा हाइसमा सवार महोत्तरी, मठियानी नगरपालिका–८ का ४८ वर्षीय दीप नारायण साहको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनको सूक्ष्म खानतलासी गरेको थियो।
साहले बोकेको कालो रङको झोलाभित्र प्लास्टिक र पहेँलो टेपले बेरिएका तीन वटा पोकाहरूमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित इन्जेक्सनहरू फेला परेका थिए। प्रहरीका अनुसार बरामद सामग्रीमा बुप्रेनोर्फिन ३०० एम्पुल, डायजेपाम ३०० एम्पुल र प्रोमेथाजिन ३०० एम्पुल गरी जम्मा ९०० थान इन्जेक्सन रहेका छन्।
पक्राउ परेका साहलाई आवश्यक कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ। प्रहरीले उक्त लागुऔषधको स्रोत, सम्भावित गन्तव्य र यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
