सम्झौता अवधि सकिँदा ३७ प्रतिशत मात्र भौतिक प्रगति भएपछि नागढुंगा–मलेखु सडक विस्तार आयोजनाको म्याद ६ महिना थप गरिएको छ।
चितवन– पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–मलेखु सडक खण्डको विस्तार कार्य सम्झौताअनुसार यसअघि नै सम्पन्न भइसक्नुपर्ने थियो। तर, तीन वर्षको अवधिमा जम्मा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनाको म्याद ६ महिना थप गरिएको छ।
विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी यस सडकको ठेक्का सम्झौता गरिएको थियो। मुग्लिन–नागढुंगा खण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएकोमा तेस्रो चरणको म्याद गत पुस १५ मा समाप्त भएको थियो। नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड: मुग्लिन–मलेखु) का इन्जिनियर विजय दरैका अनुसार, डिजाइनको तथ्यांक र सडकको नक्सांकनमा त्रुटि देखिएकाले काममा अवरोध पुगेको थियो। सोही कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको हो।
निर्माण कम्पनीले भने सडक सीमा खाली गर्न भएको ढिलाइ, रुख र विद्युत्का खम्बा सार्न समय लागेको, निर्माण सामग्रीको अभाव र सवारी साधनको उच्च चापका कारण काम समयमा हुन नसकेको दाबी गर्दै आएको छ। इन्जिनियर दरैले हाललाई नक्सांकनको समस्या सम्बोधन गर्दै म्याद थप गरिएको र अन्य प्राविधिक विषयहरू छलफलकै क्रममा रहेको बताए।
उक्त खण्डमा हालसम्म ३७.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। हालसम्म ९ किलोमिटरभन्दा केही बढी सडक कालोपत्र गरिएको छ। धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ भने फिस्लिङ लगायतका क्षेत्रमा तयारी थालिएको छ।
सडकमा नाली, बेरियर, पुल र पहिरो रोकथामका संरचना निर्माणको काम पनि जारी छ। दरैका अनुसार दैनिक करिब १५० मजदुर कार्यक्षेत्रमा खटिएका छन्। आयोजनाले आवश्यक सहजीकरण गर्दै थपिएको समयभित्रै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
३८.८६ किलोमिटर लामो यस खण्डमा मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर सडक छ लेनको बन्नेछ। यस्तै, रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा ७.२ किलोमिटर सडक चार लेनको हुनेछ। उकालो खण्डहरूमा २.३ किलोमिटर 'क्लाइम्बिङ' (तीन लेन) मार्ग र बाँकी सडक दुई लेनको रहने इन्जिनियर दरैले जानकारी दिए।
शर्मा–जेडआइसीजी जेभीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाका हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
