सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भई कुल संख्या ९२ हजार ५७३ पुगेको छ।
काठमाडौँ– सन् २०२६ को जनवरीमा नेपालको अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य सुधार देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस महिना ९२ हजार ५७३ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो।
कोभिड–१९ महामारीपूर्वको वर्ष सन् २०१९ को जनवरीसँग तुलना गर्दासमेत यो संख्या १४ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो। त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बांग्लादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एशियाली मुलुकहरू (सार्क)बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्। त्यसपछि अन्य एशियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत गरेको बताएका छन् ।
उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु नै आगमन वृद्धिको प्रमुख कारण हो। यी सकारात्मक तथ्यांकले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्दै लगेको सीईओ जोशीले बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
