यस्तो छ सोमबारको माैसम पूर्वानुमान

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडाैँ– माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू‍भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

यसले तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गए राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षा भएको थियो।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भागमा आंशिक बादल लाग्नेछ। यस्तै, हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।