नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यासको अभाव टार्न फेब्रुअरी महिनाका लागि थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ।
काठमाडौँ– नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यासको अभावलाई सम्बोधन गर्दै आपूर्ति सहज बनाउन थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव भएको जनगुनासो आएपछि निगमले आयात बढाउन लागेको हो।
निगमले फेब्रुअरीका लागि साबिकको कोटामा उक्त परिमाण थप गरी भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट आयात गर्न अनुमति (बोटलर्स वाइज एलोकेसन) पठाइसकेको जनाएको छ।
निगमका अनुसार मासिक रूपमा ४९ हजार ५०० मेट्रिक टन ग्यासको कोटा उपलब्ध गराइँदै आएको छ। पछिल्ला महिनाहरूको तथ्याङ्कअनुसार गत नोभेम्बरमा ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५३१ र जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भई बिक्री वितरण भएको छ। यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको निगमको दाबी छ।
बजारमा देखिएको समस्याबारे निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाल बजारमा एकाध उद्योगका ग्यास सिलिन्डरको अभाव देखिएको छ। ती उद्योगलाई आपूर्ति सहज बनाई बजार सामान्यीकरण गर्न निर्देशन दिइसकिएको छ। केही समयभित्रै आपूर्ति व्यवस्था सहज हुने व्यहोरा आम उपभोक्तामा जानकारी गराउँदछौँ।”
आसन्न निर्वाचन र हालको बढ्दो मागलाई मध्यनजर गर्दै निगमले थप कोटा निर्धारण गरेको हो। साथै, निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न अनुरोध गरेको छ। “आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
