प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलले पेश गरेको समानुपातिकतर्फका ७६ जना उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ।
आयोगले विभिन्न समयमा भएका निर्णय, राजनीतिक दलबाट प्राप्त जानकारी र उम्मेदवारको योग्यतासम्बन्धी प्रचलित कानूनका आधारमा छानबिन गर्दा ती उम्मेदवारहरू अयोग्य देखिएका हुन्।
नाम हटाइएका उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै २५ जना प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका व्यक्तिहरू छन्। यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनालाई पनि सूचीबाट हटाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, आयोगले तोकेको जरिबाना भुक्तान नगरेका १० जना र सम्बन्धित राजनीतिक दलले नै नाम हटाउन सिफारिस गरेका १० जनाको नाम पनि बन्दसूचीबाट निकालिएको छ।
अन्य अयोग्य उम्मेदवारहरूमा २५ वर्ष उमेर पूरा नभएका चार जना, मतदाता नामावलीमा नाम नभएका एक जना र पिछडिएको क्षेत्रमा नामावली नरहेका दुई जना रहेका छन्। गम्भीर त्रुटिका रूपमा महिला उम्मेदवार पेश गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवारको नाम पेश भएका एक जना र एकभन्दा बढी अयोग्यता देखिएका दुई जनाको नाम पनि आयोगले सूचीबाट हटाएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यससम्बन्धी विस्तृत विवरण मंगलबार मात्रै सार्वजनिक गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
