यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा हिमपातको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बादल लागेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो हिमाली तथा पहाडी भू‍भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा हिमपातको सम्भावना छ। यी प्रदेशसहित कोशी, बागमती र लुम्बिनीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा हुने विभागले जनाएको छ।

राति हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।