कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलंगा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ।
दोधारा चाँदनी– भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।
भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए। उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलंगा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ।
“नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ,” जोशीले भने, “हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखीकरण समेत गराइएको छ।” कोभिड–१९ को समयमा बनाइएका आइसोलेसन वार्डसमेत तयारी अवस्थामा राखिएको उनले बताए।
भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए।
“नाकाबाट नेपाल भित्रिने क्रममा ज्वरो आएका र संकास्पद व्यक्तिमाथि हेल्थ डेस्कका कर्मचारीले निगरानी राख्दै छन्,” प्रमुख रावलले भने, “संक्रमणको शंका भएका व्यक्तिको स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँछौँ।”
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताए। निपाह भाइरस चमेरो, सुँगुर र संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
