कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती र  गण्डकीका उच्च पहाडी तथा हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र  गण्डकीका उच्च पहाडी तथा हिमाली भू‍भागमा  आंशिक बादल लाग्नेछ। कोशी र गण्डकोको उच्च पहाडी तथा हिमाली भू‍भागमा हल्का हिमपात हुने विभागले जनाएको छ।