बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको छ। उनी तालिम सकेर घर फर्किदै थिए।

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
प्रतिकात्मक तस्वीर

बैतडी– बैतडीमा बुधबार बिहान एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो। 

सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको हो।