अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्।
भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै उनका समर्थकले काराकसमा प्रदर्शन गरेका छन्। प्रदर्शनका सहभागीले भेनेजुएलालाई मादुरोको आवश्यकता रहेको भन्दै नारा लगाएका छन् ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक संक्रमको चुनौतिसँग लडिरहेकी छन्। वासिंटनबाट उनको सरकारमा मादुरोका सहयोगी र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ।
प्रदर्शनकारीमध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदार थिए। उनीहरूले मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए। सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शन सयौँ मिटरसम्म फैलिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्। दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थालेका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
