साइकल लेनसहितको फुटपाथ बनाउँदै महानगर (तस्वीरहरू)

यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यावहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित बनाइने जनाएको छ।

काठमाडाैँ– काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलदेखि तीनकुनेसम्म साइकल लेनसहितको व्यवस्थित फुटपाथ निर्माण थालेको छ।

यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यावहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित बनाइने जनाएको छ। चौडा फुटपाथसँगै साइकल लेन निर्माण गरिएको हो।

null

माइतीघरबाट तीनकुने पुलसम्म साढे दुई किलोमिटर सडक खण्डको चाैडा फुटपाथमा टायल बिछ्याएर साइकल लेन बनाउन थालिएको छ। विद्युत‍्का तारहरू फुटपाथ मुनिबाटै लगिएको छ।

null

हाल महानगरले यस सडकमा शुरूआत गरेको सो योजना अन्यत्र पनि विस्तार गरिने जनाएको छ।nullnullnullnullnullnull

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी