केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को समीक्षा गर्दै नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
काठमाडौँ— गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारीबारे जानकारी लिँदै सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाई अलर्ट’मा रहेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
बैठकले निर्वाचन तयारीका सम्बन्धमा विगतका बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेको छ। साथै, निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ।
गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले 'एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२' बमोजिम भइरहेका कार्यहरू, जनशक्ति परिचालन र बन्दोबस्तीका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
प्रवक्ता काफ्लेका अनुसार बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने र निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
त्यसैगरी, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदान स्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने तथा निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णयसमेत बैठकले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
