सरकारले प्रतिनिधिसभा निर्वाचनमा ड्रोन प्रयोगमा रोक लगाउनुका साथै सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या र भ्रमपूर्ण सूचनाको निगरानीका लागि नेपाल प्रहरीको अत्याधुनिक युनिट परिचालन गरेको छ।
काठमाडौँ– सरकारले आगामी निर्वाचनको सुरक्षालाई दृष्टिगत गर्दै ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोग गर्न नपाइने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको छ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने प्रवक्ता काफ्लेले जानकारी दिए।
निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको समेत सूक्ष्म निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।
निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्त बनाइएको छ। प्रवक्ता काफ्लेका अनुसार निर्वाचनमा खटिने प्रहरीको बीमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको छ।
गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै कमी–कमजोरी हुन नदिन र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले 'एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२' बमोजिम भइरहेका कार्य, जनशक्ति परिचालन र बन्दोबस्तीको योजनाबारे समीक्षा गर्दै प्रभावकारी व्यवस्थापनका लागि निर्देशन दिएका छन्।
मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कसैलाई लाञ्छना लगाउने वा भ्रम फैलाउने खालका सामग्री सम्प्रेषण नगर्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कडा कारबाही हुने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
