यस्तो छ आजको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

तराई भू/भागका केही स्थानहरूमा दिउँसोसम्मै हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भागको मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।