तामाकोशीमा खस्यो यात्रुवाहक बस

रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँबाट यात्रुवाहक बस तामाकोशीमा खसेको हो।

काठमाडाैँ– रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटना भएको छ। 

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको ९९७५ नम्बरको बस केहीबेरअघि लिलौटी भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो। दुर्घटनामा अहिलेसम्म पाँच जनाको मृत्युको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले अहिलेसम्म पाँच जनाको शव निकालिएको पुष्टि गरे।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ। डुबेको बसबाट अन्य यात्रुलाई निकाल्ने प्रयास जारी रहेको छ। बस पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।