तामाकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ।

काठमाडाैँ– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ। १० जनाभन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ।

बसमा कति जना सवार थिए भन्ने अझै टुंगो लागेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।