निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।
काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको मंगलबारको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए।
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
देशभरका ६ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता भट्टराईका अनुसार देशभरका सबै वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने छन्। आयोगले यसअघि नै सबै स्थानीय तहमा एक-एक जना सम्पर्क व्यक्ति तोकिसकेको छ। आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा तोकिएको आयोगले जनाएको छ।
मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्ला तथा स्थानीय तहस्तरीय तालिम एवं अभिमुखीकरण कार्यक्रम माघ मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए। आयोगका आधिकारिक सामाजिक सञ्जालका पेजहरूबाट समेत निर्वाचनसम्बन्धी आवश्यक सामग्री प्रचारप्रसार भइरहेका छन्।
आमसञ्चार माध्यममार्फत पनि मतदाता शिक्षा र निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई व्यापक एवं प्रभावकारी बनाइने विज्ञप्तिमा उल्लेख छ। यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्ने विश्वास गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई निर्वाचन आचारसंहिताका साथै मतदान प्रक्रियाबारे सही जानकारी प्रदान गर्ने उद्देश्यले आयोगले 'निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८' बमोजिम 'मतदाता शिक्षा विशेष कार्यक्रम २०८२' स्वीकृत गरेको हो।
निर्वाचनमा आम नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको प्रयोग तथा मतदान विधिबारे समयमै जानकारी दिने उद्देश्यले माघ १९ गते यो विशेष कार्यक्रम स्वीकृत भएको हो। नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन र मतदाता शिक्षा नीतिको अधीनमा रही आयोगले यस्तो कार्ययोजना तयार गरेको हो।
आम नागरिकलाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार एवं सचेत मतदान संस्कृतिको विकास गर्नु र बदर मतको सङ्ख्या न्यूनीकरण गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको प्रवक्ता भट्टराईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
