बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएका कारण पीडित परिवारसँग सहमति जुट्न सकेको छैन।
रामेछाप– मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले न्यायको माग गर्दै बुधबार मन्थली बजार क्षेत्र ठप्प पारेका छन्। दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै पीडित पक्ष आन्दोलनमा उत्रिएपछि बिहानैदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक अवरोधका कारण मन्थली भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्, जसले गर्दा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
मंगलबार काठमाडौँबाट ओखलढुंगाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका आठ जनामध्ये सात जनाको धुलिखेल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सामान्य घाइते भएका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये आठ वटा शव मन्थली नगर अस्पताल र चार वटा शव रामेछाप अस्पतालमा राखिएको छ। तर, बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएका कारण पीडित परिवारसँग सहमति जुट्न सकेको छैन। व्यवसायीको अनुपस्थितिकै कारण मृतकको पोस्टमार्टम प्रक्रियासमेत अघि बढ्न सकेको छैन।
स्थानीय प्रशासनले मंगलबार रातिदेखि नै सहमतिका लागि प्रयास गरे पनि यातायात कम्पनीका जिम्मेवार अधिकारी उपस्थित नहुँदा वार्ता निष्कर्षविहीन बनेको छ। “कम्पनीका प्रतिनिधि आएर स्पष्ट प्रतिबद्धता नजनाएसम्म शव बुझ्ने र सडक खोल्ने अवस्था छैन,” पीडित पक्षले अडान राखेका छन्। प्रशासनले भने समन्वयमार्फत समस्या समाधान गरी जनजीवन सामान्य बनाउने प्रयास भइरहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
