अख्तियारका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकविरुद्ध ६ वटा मुद्दामा अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद थप गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेका प्रकाश पाठकविरुद्ध प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान शुरू गरेको छ। फिलिपिन्सबाट इन्टरपोलमार्फत नेपाल ल्याइएका उनलाई बुधबार काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भएका ३४ वर्षीय पाठकले आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल ईजीएन’को अध्यक्ष बताउँदै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पाठकलाई फिलिपिन्सबाट बुधबार काठमाडौँ ल्याएर अदालत पेश गरिएकामा अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको हो।
उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसुर, आपराधिक लाभ लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने लगायतका ६ वटा कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पाठकले सन् २०२५ अक्टोबर २२ मा आफ्नो इमेल आईडी प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। सोही घटनापछि उनलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो। इन्टरपोलमार्फत फिलिपिन्सको सुरक्षा निकायसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
