अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि सरकारले गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन कम मल आयात गर्ने भएको छ।
काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन कम मल आयात गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले आयात परिमाणमा कमी आउने भएको हो।
सरकारले मल अनुदानका लागि विनियोजन गरेको २८ अर्ब ८२ करोड रुपैयाँको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो। तर, मूल्य बढेपछि सोही बजेटबाट साढे पाँच लाख टन मल खरिद गर्न नसकिने र करिब ८४ हजार टन कम आयात हुने मन्त्रालयले जनाएको छ।
चालु आवका लागि चार लाख ६६ हजार मेट्रिक टन मल आयात गर्न बोलपत्र (टेन्डर) आह्वान गरिएको छ। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, केही मल नेपाल भित्रिसकेको छ भने केही आउने क्रममा छ। मल खरिदका लागि बजेट अपुग भएपछि मन्त्रालयले वैकल्पिक स्रोतको खोजी गरे पनि हालसम्म रकम जुट्न सकेको छैन।
मन्त्रालयका अनुसार हाल देशभर मलको अभाव छैन। अहिले करिब एक लाख १५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले किसानलाई खेतीपातीमा समस्या नहुने दाबी मन्त्रालयको छ। नेपालमा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ लिमिटेडले ३० प्रतिशत मल आपूर्ति तथा बिक्री गर्दै आएका छन्।
स्वदेशमा मल उत्पादन नहुँदा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत खरिद गरी कोलकाता र हल्दिया हुँदै विराटनगर, वीरगन्ज र भैरहवाका गोदाममा ल्याएर देशभर आपूर्ति गरिन्छ। विद्युतीय खरिद प्रणाली (ई-बिडिङ) मार्फत प्रक्रिया पूरा गर्दा समय लाग्ने भएकाले कतिपय अवस्थामा समयमै मल उपलब्ध गराउन चुनौती हुने गरेको छ।
२०७८ को कृषि गणना अनुसार नेपालका ७६ प्रतिशत किसान परिवारले धान बालीमा रासायनिक मल प्रयोग गर्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
