यस्तो रहनेछ शुक्रबारको मौसम

तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका बाँकी भागमा बादल लाग्नेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ।

त्यसैगरी, राति तराईका केही स्थानमा तुवाँलो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भागमा  बादल लाग्नेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकामा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहनसमेत विभागले अनुरोध गरेको छ।