बांग्लादेशमा बीएनपीलाई बहुमत

बीएनपीले ल्याएसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्।

बांग्लादेशमा बीएनपीलाई बहुमत
बीएनपी मिडिया सेल

बांग्लादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ। २३७ सिटको नतिजा आउँदा बीएनपीले १७७ सिट जितेको हो। 

कुल ३०० सिटमध्ये निर्वाचन भएको २९९ सिटमा निर्वाचन भएको थियो। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो। ७५ सिटको नजिता आउन बाँकी रहेको द डेली स्टारले जनाएको छ। 

जमात–ए–इस्लामीको नेतृत्वको गठबन्धनले हालसम्म ५३ सिट जितेको छ। अन्य दल र स्वतन्त्र उम्मेदवार ७ स्थानमा विजयी भएका छन्।

यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्। तारिकले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकामा दुवैमा विजयी भएका छन्। 

बेलायतमा १७ वर्षदेखि निर्वासनमा रहेका उनी गत डिसेम्बरमा मात्रै स्वदेश फर्किएका थिए। तारिक बीएनपीका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।