गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्न खोजिएपछि स्थानीय व्यापारीको अवरोधका कारण गौरमा तनाव उत्पन्न भएको छ। विरोधमा आक्रोशित व्यापारीले बजारसमेत बन्द गराएका छन्।
रौतहट– गौरस्थित करदाता सेवा कार्यालयका महत्त्वपूर्ण कागजात र फर्निचर आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ। सुरक्षाकर्मीको उपस्थितिमा ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
शुक्रबार दिउँसो कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा पठाउने तयारी गरिएको थियो। तर, सो जानकारी पाउनेबित्तिकै उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले कार्यालय घेराउ गरी सामान लैजान रोकेका थिए। स्थानीयको चर्को विरोधपछि लोड गरिएका सामानहरू पुनः कार्यालयमै फर्काइएको छ।
कार्यालय विस्थापन गर्न लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन्। प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै सरकार र प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।
रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले निर्वाचनको समयमा सबैको ध्यान अन्यत्र मोडिएको मौका छोपेर 'सुटुक्क' कार्यालय सार्न लागिएको आरोप लगाए। उनले विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमतिविपरीत कार्यालय हटाउन लागिएको भन्दै आपत्ति जनाए।
त्यस्तै, नेकपा (एमाले)का नेता अजयकुमार गुप्ता र रास्वपा उम्मेदवार राजेश चौधरीले गौरको पहिचान र सुविधासँग जोडिएको कार्यालय अन्यत्र लैजान नदिने बताए। स्थानीयले कार्यालय यथावत् राख्ने सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
