मन्थलीमा बस दुर्घटनापछि सुरक्षा जोखिम बढेको भन्दै नेपाल अरनिको यातायातले काठमाडौँ–मन्थली रुटमा चल्ने आफ्ना सबै बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
रामेछाप– नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट–मन्थली रुटमा सञ्चालन हुने आफ्ना सम्पूर्ण बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। मन्थलीमा भएको दुर्घटनापछि उत्पन्न सुरक्षा जोखिमलाई कारण देखाउँदै कम्पनीले शुक्रबारदेखि यो निर्णय गरेको हो।
कम्पनीका सहायक कार्यालय प्रमुख विकास लामाले सूचना जारी गर्दै रामेछापको मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारण अर्को सूचना नआएसम्मका लागि सबै क्यू (पालो) स्थगित गरिएको जनाएका छन्।
गत मंगलबार मसानटारमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। उक्त दुर्घटनामा परी तीन जना अझै हराइरहेका छन्। पीडित पक्षसँगको वार्ता र क्षतिपूर्तिका विषयमा ठोस सहमति नभइरहेका बेला कम्पनीले सुरक्षाको कारण देखाउँदै सेवा रोक्ने निर्णय गरेको हो।
कम्पनीद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल अरनिको यातायात सेवा प्रालि अन्तर्गत काठमाडौँ–खुर्कोट–मन्थली बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरू सुरक्षा जोखिमका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर तथा कर्मचारीहरूमा जानकारीका लागि सूचित गरिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
