आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सर्लाही– सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबूत बनाइने भएको छ। आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्न फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार बसेको सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुईपांग्रे र चारपांग्रे सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
निर्णयअनुसार तोकिएको समयसीमाभित्र विदेशी नम्बर प्लेटका सवारीसाधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन्। निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको प्रशासनले जनाएको छ।
मधेश प्रदेशका जिल्लाहरूमा भारतीय नम्बर प्लेटका मोटरसाइकल र स्कार्पियो लगायतका सवारीसाधनको प्रयोग व्यापक हुने भएकाले सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको हो।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने विषयमा पनि छलफल भएको थियो। जिल्लास्थित राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरूले आचारसंहिता इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनसँग सहकार्य गर्ने सहमतिसमेत भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
