उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो। बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए।
जानकी– थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् नेपालगन्ज उपमहानगर–१८, तेजनगरका वीरबहादुर हमाल। विगत १२ वर्षदेखि उनी ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोस्ट मल उत्पादनमा सक्रिय छन्।
“गँड्यौला मल उत्पादन गर्न थोरै लगानीमै धेरै मुनाफा गर्न सकेको छु,” हमालले आत्मविश्वासका साथ भने, “यदि लगनशीलता र धैर्य छ भने कृषिमा सम्भावनाको कमी छैन।” उनका अनुसार गँड्यौला मल माटोको उर्वराशक्ति वृद्धि गर्न, बाली बिरुवाको वृद्धि सन्तुलित बनाउन र वातावरण संरक्षणमा योगदान पुर्याउन प्रभावकारी छ। रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै गएको उनले बताए।
हमालका अनुसार वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका युवालाई स्वदेशमै कृषि क्षेत्रमार्फत आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त छ। “स्थानीय स्रोत–साधनको प्रयोग गरेर अर्ग्यानिक मल उत्पादनमा जोड दिए युवालाई बिदेसिनु पर्दैन,” उनले भने, “कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ।”
गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा घर आँगनमा उपलब्ध जैविक पदार्थ प्रयोग गरिन्छ। विशेष जातको गँड्यौला ‘आइनिया फेटेटरी’ प्रयोग गरी जैविक मल तयार पारिँदै आएको उनी बताउँछन्। “हामीले प्रयोग गर्ने गँड्यौला विशेष प्रजातिको हो, जसले छिटो मल तयार गर्छ,” उनले भने, “एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन।”
उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो। बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए। “शुरूमा कृषक र स्थानीयलाई गँड्यौला मलका बारेमा खासै जानकारी थिएन,” उनी भन्छन्, “धेरैले पत्याउँदैनथे, तर मलाई आफ्नै मेहनतमा विश्वास थियो।” कठिन परिस्थितिका बाबजुद निरन्तर प्रयास र धैर्यका कारण आजको अवस्था सम्भव भएको हमालको भनाइ छ।
शुरूमा मल बजारसम्म पुर्याउन र उपभोक्ताको विश्वास जित्न समय लागे। “टनका टन उत्पादन गरे पनि मागअनुसार बिक्री गर्न गाह्रो हुन्थ्यो,” हमाल भन्छन्, “तर अहिले प्रत्येक स्थानीय तहमा, विशेष गरी युवाहरूमा यसप्रति चासो बढेको छ।” उनका अनुसार अहिले करिब २५ प्रतिशत कृषकमा जैविक मल प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ।
हाल हमालले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत मल उत्पादन गर्दै आएका छन्। एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर खरिद गरिन्छ, जसबाट प्रति ट्राली करिब १२ क्वीन्टलसम्म गँड्यौला मल उत्पादन हुन्छ। एक पटक किनेको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिन्छ। यसले लागत घटाएर आम्दानी बढाउन सहयोग गर्छ।
उत्पादित मल विशेष गरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ। उच्च मूल्यका स्याउका बोट तथा तरकारी बालीमा यसको प्रयोग व्यापक हुने गरेको छ। “हिमाली क्षेत्रमा जैविक उत्पादनको माग धेरै छ,” उनले भने, “त्यहाँका कृषकले गुणस्तरीय मल खोज्ने भएकाले हाम्रो उत्पादनको बजार राम्रो बनेको छ।”
आर्थिक पक्षसमेतमा हमालको यात्रा उल्लेखनीय देखिन्छ। उनका अनुसार तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुन्छ। चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव हुन्छ। हाल बजार मूल्यप्रति क्विन्टल करिब २ हजार ५०० रुपैयाँ छ। “वार्षिक रूपमा १५ लाखदेखि १६ लाख बराबरको मल बिक्री हुन्छ, समग्र कारोबार भने २० लाखदेखि २५ लाखसम्म हुन्छ,” हमालले भने, “मल उत्पादनमा लागेका युवाहरूले सामान्यतया मासिक ४० हजारदेखि ५० हजारसम्म आम्दानी गर्न सक्छन्।”
यसले युवालाई बिदेसिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ। कृषि क्षेत्रमा सम्भावना भए पनि जानकारी र प्रेरणाको अभावका कारण धेरै युवा बिदेसिने गरेका हमालको धारणा छ। २०७१ सालमा केवल एक किलो गँड्यौला खरिद गरेर शुरू गरेका हमालले हालसम्म झन्डै ५० क्विन्टल गँड्यौला मल बिक्री गरिसकेका छन्। “मैले कहिल्यै पनि नाफालाई मात्र केन्द्रमा राखिनँ, सधैँ गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएँ,” उनी भन्छन्।
हमालका अनुसार सफलता हासिल गर्न इमानदारी, निष्ठा र दीर्घकालीन सोच आवश्यक हुन्छ। “काम सानो वा ठूलो हुँदैन,” उनले भने, “त्यसमा देखाइने प्रतिबद्धताले नै परिणाम निर्धारण गर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
