दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो।
पोखरा– कास्कीको पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा खसेको कार बाहिर निकालिएको छ। बीएए १५८२ नम्बरको कार शनिबार राति गति अनियन्त्रित भई उक्त तालमा खसेको थियो।
दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा शनिबार राति नै उनलाई डाक्टरले मृत्यु घोषणा गरेका थिए।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो। तालमा खसेको उक्त कार क्रेनको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
