दीपेन्द्र बने नेपालका लागि विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले ८ विकेट गुमाउँदै वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौँ– दीपेन्द्रसिंह ऐरी टी२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा दीपेन्द्रले अर्धशतक बनाएका हुन्। 

उनले ४४ बलमा अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रले ५८ रनको अर्धशतकीय इनिङ खेले। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए। यो नेपालले विश्वकपमा १२ वर्षपछि प्रहार गरेको अर्धशतक हो। यसअघि सन् २०१४ को विश्वकपमा नेपालका सुवास खकुरेलले अर्धशतक बनाएका थिए।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले ८ विकेट गुमाउँदै वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालका सोमपाल कामीले अविजित २६ रन बनाए। लोकेश बमले १३ रन बनाए। आसिफ शेख र गुल्शन झाले समान ११/११ रन  जोडे ।

वेस्टइन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान १/१ विकेट लिए।