विगतका निर्वाचनहरू वैशाख वा जेठमा हुने गरे पनि यस पटक फागुन २१ गतेका लागि तय हुँदा चिसो छल्न बेँसी झरेका मुगुको कार्मारोङका बासिन्दालाई मतदान केन्द्रसम्म पुग्न कठिन हुने भएको छ।
मुगु– मुगुको कार्मारोङ गाउँपालिका–२ स्थित मुगाल बस्तीका बासिन्दालाई आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न सकस हुने भएको छ। बर्सेनि चिसो छल्न कात्तिक अन्तिम सातादेखि वैशाखसम्म गाउँ छाडेर बेँसी (न्यानो स्थान) झर्ने परम्पराका कारण उनीहरूलाई मतदान केन्द्रसम्म पुग्न कठिन हुने देखिएको हो।
विगतका निर्वाचनहरू प्रायः वैशाख वा जेठमा हुने गरेकाले अस्थायी बसोबास गर्ने ठाउँबाट गाउँ फर्किएर मतदान गर्न सहज हुने गर्थ्यो। तर, यसपालि फागुनमै निर्वाचन तय भएकाले मतदान केन्द्रसम्म पुग्न समस्या हुने स्थानीयहरू बताउँछन्।
मुगाल बस्तीका करिब ३०० घरधुरी कात्तिक अन्तिम साता नै घरमा ताला लगाएर सिरानीचौर, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौँसम्म पुग्ने गर्छन्। हाल गाउँ सुनसान छ। गाउँको गुम्बामा पूजा गर्न एक जना लामा गुरु मात्र पुग्छन्, उनी पनि दुई घण्टा टाढाको सिरानीचौरबाट आउजाउ गर्छन्।
स्थानीयका अनुसार मतदानका लागि सिरानीचौरबाट दुई घण्टा, सदरमुकाम गमगढीबाट दुई दिन र जुम्लाबाट तीन दिन लगाएर गाउँ पुग्नुपर्ने बाध्यता छ। “वैशाखमा निर्वाचन भएको भए सबै गाउँले गाउँ पुगिसकेका हुन्थे, तर फागुनमा मतदाताहरू मतदान गर्न जान सक्ने अवस्था न्यून छ,” वडाध्यक्ष च्यावा तामाङले बताए।
आर्थिक भार पनि अर्को मुख्य समस्या बनेको छ। सदरमुकाम गमगढीबाट मतदान गर्न आउँदा–जाँदा प्रतिव्यक्ति तीन हजार र जुम्लाबाट आउँदा १० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ। एकै घरका ३–४ जना मतदान गर्न जाँदा ३० हजारभन्दा बढी खर्च हुने भएकाले धेरै मतदाता नआउने आशंका अध्यक्ष तामाङको छ।
यो मतदान केन्द्रमा कुल ६०९ मतदाता छन्, जसमा ३३८ पुरुष र २७१ महिला छन्। स्थानीय कार्मा तामाङका अनुसार गाउँबाहिर रहेका मतदातालाई कसरी मतदान केन्द्र पुग्ने भन्ने चिन्ताले सताएको छ। गाउँमा मानिस नभएकै कारण राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसमेत त्यहाँ पुग्न सकेका छैनन्। -नेपाल न्यूज बैंक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
