स्कटल्यान्डले जितका लागि दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो। नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो। यसअघि सन् २०१४ मा बांग्लादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।
स्कटल्यान्डले जितका लागि दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे। त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे।
ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए। अर्का ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए। कप्तान रोहित पौडेलले १६ रन जोडे।
स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो।
स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए। जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे।
नेपालका सोमपाल कामीले ३ विकेट लिए। नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट झारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
