दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र रामज्ञान रायको मृत्यु भएको छ।
काठमाडौँ– सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा बुधबार राति तीनवटा मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान रायको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले बताए।
ईश्वरपुर नगरपालिका–१३ को बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका थिए। दुर्घटनामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
