भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ। बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित सभामार्फत पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरूले संयुक्तरूपमा वाचापत्र सार्वजनिक गरेका हुन्।
रास्वपाले सरकार गठन भएको १०० दिनभित्र सहकारीमा फसेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने वाचा गरेको छ। बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समयसीमा तोकेर सञ्चालकहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने वातावरण बनाउने रास्वपाको भनाइ छ।
“बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एउटा ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौँ, जसले संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्ताबाट शुरू गरी भुक्तानी दिने व्यवस्था गर्नेछ। हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो,” वाचापत्रमा भनिएको छ, “त्यसैले, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानूनी बाटो प्रशस्त गरिदिनेछौँ।”
त्यस्तै, भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि वाचापत्रमा उल्लेख छ। वाचापत्रमा भनिएको छ, “२०८२ को भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौँ।”
त्यस्तै, २०४६ सालदेखि महत्त्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ। अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्न स्पष्ट कार्यविधि तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रास्वपाको अठोट छ। साथै, रास्वपाले कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तो छ वाचापत्र
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
