बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली हुनेछ। बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ।
कोशीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
