मंगलबार काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ भने पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छन्।
काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु प्रदूषण घटिरहेको छ। शुक्रबार दिउँसो वायु प्रदूषण घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) ९९ पुगेको छ।
गत मंगलबार उपत्यकाको एक्यूआई १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायु प्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ।
एक्यूआईका अनुसार मंगलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ। हाल पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छन्।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायु प्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायु प्रदूषण घट्ने जानकारी दिए। “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ,” उनले भने, “दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ।”
वातावरणविद् भूषण तुलाधरले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो संकेत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो संकेत) र १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ। यसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्ने जानकारहरू बताउँछन्। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
