प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ।
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेका थिए। ती रिट निवेदनको सुनुवाइका लागि भने हालसम्म निश्चित मिति तय भएको छैन। अदालतले उक्त विवादमा साधारण तारिख फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। रोचक कुरा के छ भने, अदालतले तोकेको तारिखभन्दा एक दिनअघि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।
संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलासले सुनुवाइ गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। विपक्षीहरूका तर्फबाट लिखित जवाफ अदालतमा पेश भइसकेको छ।
त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनर्स्थापनाको मागसम्बन्धी पूरक रिट निवेदनहरूलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
