प्रत्येक निर्वाचन क्षेत्रका बेस र कमान्डरहरूको फोन नम्बरसहितको मेजेसमा निर्वाचन सुरक्षासँग सम्बन्धित गतिविधि, कार्यक्रम तथा आवश्यक सूचना आदानप्रदान गर्न उम्मेदवारलाई अनुरोधसमेत गरिएको छ।
काठमाडौँ– पर्साका चारैवटा निर्वाचन क्षेत्रका उम्मेदवारले गत मंगलबार बिहान ११ बजे ह्वाट्सएपमार्फत एउटा मेसेज प्राप्त गरे। सशस्त्र प्रहरी बलले पठाएको मेसेजमा आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे जानकारी थियो।
प्रत्येक निर्वाचन क्षेत्रका बेस र कमान्डरहरूको फोन नम्बरसहितको मेजेसमा निर्वाचन सुरक्षासँग सम्बन्धित गतिविधि, कार्यक्रम तथा आवश्यक सूचना आदानप्रदान गर्न उम्मेदवारलाई अनुरोधसमेत गरिएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रभावसँगै सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साले निर्वाचन सुरक्षालाई चुस्त र व्यवस्थित बनाउन र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन यो शैली अपनाएको हो। मेसेज पाउने केही उम्मेदवारले आफ्नो निर्वाचन कार्यक्रम ह्वाट्सएपमै पठाउन थालेको पर्सा–१ निर्वाचन सुरक्षा बेसका बेसपति डीएसपी विकाश अधिकारीले बताए। यसले सशस्त्र प्रहरी बल र उम्मेदवारबीच सम्पर्क रहिरहने, सुरक्षा व्यवस्थापन सहज हुने र केही घटना भए सम्बन्धित ठाउँमा पुग्न सजिलो हुने उनको भनाइ छ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी डीएसपी मोहनराज निरौलाले उम्मेदवारलाई पठाइएको मेसेज प्रभावकारी भएको बताए। निर्वाचन सुरक्षामा खटिएका कमान्डर र उम्मेदवारबीच सामाजिक सञ्जालबाट समेत सम्पर्क स्थापित भएको र निर्वाचन सुरक्षासँग सम्बन्धित हरेक विषयमा सशस्त्र प्रहरी बलको परिचालन र प्रतिक्रिया छिटो भइरहेको निरौलाको भनाइ छ।
उनका अनुसार, माघ २१ गते पर्साका चारैवटा निर्वाचन क्षेत्रमा डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा बेस स्थापना भई १६ वटा स्ट्राइकिङ र ३२ वटा मोबाइल टोली परिचालन भइसकेका छन्। गणका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले यसले उम्मेदवारको सुरक्षासँगै सम्पूर्ण निर्वाचन सुरक्षा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
“हामी हर हिसाबले सबै मतदाता र उम्मेदवारलाई तपाईंको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपाल चौबिसै घण्टा तयार छ र त्यसको लागि जिल्लाभर परिचालित छौँ भन्ने सन्देश दिन चाहन्छौँ,” उनले भने, “चुनावलाई निष्पक्ष, भयरहित र विश्वासिलो वातावरणमा सम्पन्न गर्न मतदाता, उम्मेदवार, स्थानीय प्रशासन र सबै सुरक्षा निकायबीच नियमित रूपमा सूचना आदानप्रदान र आवश्यक समन्वय भइरहेको छ।”
सशस्त्र प्रहरीले पर्सा जिल्लाभर एकल तथा नेपाली सेना र नेपाल नेपाल प्रहरीसँग संयुक्त रूपमा निर्वाचन सुरक्षालक्षित पैदल तथा मोबाइल गस्ती गरिरहेको छ। प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल, काठमाडौँ उपत्यकासहित सबै प्रदेशका बाहिनीहरूमा क्षेत्रीय निर्वाचन सेल र गण/गुल्म स्तरमा जिल्ला निर्वाचन सेल गठन गरी काम गरिरहेको छ।
केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले सशस्त्रबाट देशका सबै जिल्लाका निर्वाचन क्षेत्रमा १६५ वटा निर्वाचन सुरक्षा बेस, ५४१ वटा स्ट्राइकिङ र १२५२ वटा मोबाइल गस्ती परिचालन भएको बताए। भट्टका अनुसार कार्यालय सुरक्षामा खटाइएका कर्मचारी बाहेक देशभर ३४ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि फिल्डमा पुगिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
