विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा घृणा फैलाउने कार्य कानूनद्वारा दण्डनीय रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
काठमाडौँ– गृह मन्त्रालयले देशका विभिन्न भागमा देखिएका पछिल्ला गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ। शनिबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको विद्यमान सुरक्षा अवस्थाको समीक्षा गर्दै शान्ति सुरक्षा कायम राख्न थप सक्रियता अपनाउने निर्णय गरेको हो।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार रौतहट, दाङलगायत तराई एवं मधेशका केही जिल्लामा धार्मिक सहिष्णुता र सद्भावमा असर पुऱ्याउने खालका गतिविधि भएका छन्। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउने तथा कानूनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक मर्यादामा आँच पुऱ्याउने काम भइरहेको प्रति मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।
विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा घृणा फैलाउने कार्य कानूनद्वारा दण्डनीय रहेको मन्त्रालयले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले यस्ता गतिविधिलाई सूक्ष्म ढंगले निगरानी गरी कानूनद्वारा वर्जित र दण्डनीय कार्य गर्ने जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याई कारबाहीसमेत भइरहेको छ।”
सह-प्रवक्ता एवं उपसचिव रमा आचार्य (सुवेदी) द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सबै धर्म र समुदायबीच आपसी सम्मान, धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न अनुरोध गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
