काठमाडौँको पेप्सीकोलामा गुडिरहेको बसबाट खसेर घाइते भएकी ६५ वर्षीया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित छाप्रो चोक नजिकै जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो। दोलखाको चरिकोट घर भएकी उनी बसबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनामा परेपछि उनको उपचारका क्रममा आइतबार अन्नपूर्ण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
