सोमबार नेप्से परिसूचक २.४१ अंकले सुधार भए पनि कारोबार रकम भने ५ अर्ब १३ करोडमा सीमित भएको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ। सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ।
कारोबारमा सालपा विकास बैंकको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। बैंकको शेयर मूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ। मेगा म्युचुअल फण्ड–१ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, एनआईबLएल समृद्धि फण्ड २ को इकाई मूल्य भने सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युतं कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। घटेका उपसमूहहरूको गिरावट दर पनि सामान्य नै रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
