झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

राँचीबाट दिल्ली गइरहेको जहाज सोमबार साँझ झारखण्डको चत्रा जिल्लाको सिमरिया नजिकै दुर्घटना भएको थियो।

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु
पीटीआई

भारतको झारखण्डमा बिरामी बोकेको जहाज (एयर एम्बुलेन्स) दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। 

राँचीबाट दिल्ली गइरहेको जहाज सोमबार साँझ झारखण्डको चत्रा जिल्लाको सिमरिया नजिकै दुर्घटना भएको थियो। ​​रेडबर्ड एयरवेजद्वारा सञ्चालित जहाजले विमानले सात जना बिरामी लिएर साँझ ७:११ बजे राँची विमानस्थलबाट उडान भरेको थियो। 

चत्राकी डेपुटी कमिसनर कीर्तिश्री जीका अनुसार, विमान साँझ साढे ७ बजेतिर बेपत्ता भएको थियो। पछि घना जंगल भएको क्षेत्रमा दुर्घटनाग्रस्त भएको पत्ता लागेको थियो।